IME Life New

भोटेकोशी बाढीपछिको सहयोग उपलब्धता अपडेट पोर्टल सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपश्चात प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग, वैदेशिक सहयोग, उद्धार तथा राहतसम्बन्धी आधिकारिक विवरण र नेपाल सरकारबाट भएका निर्णयहरु एकै ठाउँबाट पारदर्शी रुपमा सार्वजनिक गर्ने उद्देश्यले अर्थ मन्त्रालयले ‘रसुवा–भोटेकोशी बाढी अपडेट’ पोर्टल सञ्चालनमा ल्याएको छ। नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध यो पोर्टल mofnepal.github.io/rasuwa-flood-update मा हेर्न सकिन्छ।

अर्थमन्त्री डा स्वार्णिम वाग्लेलाई चेक तथा बैंक ट्रान्सफरमार्फत हस्तान्तरण गरिएको सहयोगको नामसहितको विवरण पोर्टलमा सार्वजनिक गरिएको छ। भदौ २४ गतेसम्म यसरी ३८९ वटा सहयोगबाट २ अर्ब १५ करोड २५लाख ४२ हजार ३०९ रुपैयाँ प्राप्त भएको मन्त्रालयले जनाएको छ। यससहित एनसीएचएल र फोनपेमार्फत अनलाइन प्राप्त रकम र कोषको अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोगसमेत गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म कुल १२ अर्ब ३१ करोड ५९ लाख ४२ हजार ३५ रुपैयाँ सहयोग प्राप्त भएको छ। जसको स्रोतगत विस्तृत विवरण पोर्टलमा उपलब्ध छ।

Esewa
Crest

भदौ २४ गते बिहान ९ बजेको कोष स्थितिअनुसार कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ मौज्दात रहेको छ। विभिन्न स्रोतका अंक फरक–फरक मिति–समयसम्मका भएकाले एकीकृत अंकको हिसाब मिलान अर्थ मन्त्रालयको कोष शाखाबाट हुन बाँकी छ।

पोर्टलमा एनसीएचएल र फोनपेमार्फत अनलाइन प्राप्त सहयोग रकम अर्थमन्त्री वाग्लेलाई चेक तथा बैंक ट्रान्सफरमार्फत हस्तान्तरण गरिएको सहयोगको नामसहितको विवरण, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंकगत खाता स्थिति र कोषको अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीबाट प्रकाशित उद्धार तथा राहत विवरण, मन्त्रिपरिषद्का निर्णय, राहत व्यवस्था तथा राहत संकलन एकद्वार प्रणालीका सम्पर्क व्यक्तिहरुको विवरण सम्बन्धित स्रोत र अद्यावधिक मिति–समयसहित प्रकाशित गरिएका छन्। पोर्टलमा प्रकाशित प्रत्येक अंक सम्बन्धित निकायको आधिकारिक कागजातसँग भिडाएपछि मात्र सार्वजनिक गरिन्छ र नयाँ आधिकारिक विवरण प्राप्त हुनासाथ पोर्टल अद्यावधिक गरिनेछ।

सहयोग गर्न चाहने सम्पूर्ण व्यक्ति तथा संस्थालाई सहयोग रकम आधिकारिक भुक्तानी पोर्टल donate.gov.np मार्फत मात्र पठाउन र नगद वा जिन्सी सहयोगका लागि अर्थ मन्त्रालयको राहत संकलन एकद्वार प्रणालीका सम्पर्क व्यक्तिहरुसँग समन्वय गर्न मन्त्रालयले आग्रह गरेको छ। सम्पर्क व्यक्तिहरुको विवरण पोर्टलको ‘सम्पर्क’ खण्डमा उपलब्ध छ। उद्धारसम्बन्धी अनुरोध rescue.opmcm.gov.np मार्फत गर्न सकिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS