IME Life New

कुमारी बैंकको करिब ५ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुमारी बैंकले करिब ५ लाख कित्ता शेयर बिक्रीमा राखेको छ।

बैंकको संस्थापक समूहको ४ लाख ८७ हजार १२ कित्ता शेयर बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको कुल कित्तामध्ये २ लाख कित्तामा बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् भने बाँकी २ लाख ८७ हजार १२ कित्तामा अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको शेयरमा ३५ दिनभित्र खरिद निवेदन दिनुपर्नेछ। सर्वसाधारणलाई पनि शेयर खरिदका लागि निवेदन दिन ३५ दिनको समय दिइएको छ।

इच्छुक संस्थापक र सर्वसाधारणले तोकिएको अवधिभित्र काठमाडौंको टंगालस्थित बैंकको केन्द्रीय कार्यालय र नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS