IME Life New

साहस ऊर्जाले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साहस ऊर्जा आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार दिउँसो बसेको बैठकले साधारणसभा आउँदो मंसिर २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि सञ्चालक समितिको प्रस्ताव गरेको हाल कायम चुक्तापुँजी ३ अर्ब ७८ करोड रुपैयाँको कुल २२.११ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश छन्।

बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। यसका लागि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा थपघटका लागि सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब मंसिर ५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS