IME Life New

तीन कम्पनीमा करिब रु. १.३० अर्ब लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले ३ कम्पनीमा करिब १ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

कम्पनीले दुई जलविद्युत आयोजना र एउटा कम्पनीमा कुल १ अर्ब २९ करोड ९७ लाख ५० हजार रुपैयाँ लगानी गर्न हो। कम्पनीले सांग्रिला ऊर्जाद्वारा प्रवर्द्धित ६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनामा २० करोड रुपैयाँको २० लाख कित्ता शेयर र दूधकोशी हाइड्रोपावर नेपालद्वारा प्रवर्द्धित सोलुखुम्बु जिल्लामा अवस्थित ७० मेगावाट क्षमताको दूधकोशी–२ जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँको १ करोड कित्ता शेयरमा लगानी गर्ने निर्णय गरेको छ।

Esewa
Crest

यसैगरी मोरङ जिल्लामा रहेको अन्नपूर्ण राठी केबल्स इनडस्ट्रिजमा पनि कम्पनीले ९ करोड ९७ लाख ५० हजार रुपैयाँको २ लाख ८५ हजार कित्ता शेयर किन्ने निर्णय कम्पनीले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS