IME Life New

३ वर्ष अघि नेप्से ११०० आएको बेला भन्दा पनि केही शेयर अहिले सस्ता (सूचीसहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली दोश्रो बजार अहिले केही समय यता घट्दो प्रवित्तिमा रहेको छ । २०७८ साल भाद्र २ गते नेप्सेकै ईतिहासको उच्च विन्दु ३२०० सम्म पुगेको बजार अहिले भने २३५६ को विन्दुमा पुगेको छ। यो अवधिमा धेरै कम्पनीहरुको शेयरको मूल्य निकै घटेको छ ।

हाल वैशाख १५ गते नेप्से परिसूचक २३५६ दशमवल १७ विन्दुमा बन्द भएको छ ।  परिसूचक यस अघिको बियरको न्यून विन्दु ११०० दशमलव ५८ विन्दु भन्दा करिव ११४ प्रतिशत माथि छ तर पनि केही कम्पनीको शेयर मूल्य भने ११०० विन्दु हुँदाको बेला भन्दा पनि तल आएको देखिएको छ । फागुन १९, २०७५ मा नेप्से अघिल्लो वियर चक्रको न्यून विन्दु ११०० दशमवल ५८ मा  बन्द भएको थियो ।

Esewa
Crest

नेप्से परिसुचक ११०० पुगेको दिन भन्दा अहिले १९ कम्पनीको शेयर मूल्य सस्तो देखिएको छ । नेप्से ११०० पुगेको दिन भन्दा आज एभरेष्ट इन्स्योरेन्सको शेयर सर्वाधिक सस्तो देखिएको छ। उक्त दिन एभरेष्ट  इन्स्योरेन्सको शेयर मूल्य ८०२ रुपैयाँ रहेकोमा पछिलो बजार मूल्य अनुसार कम्पनीको बजार मूल्य ५४१ रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता २६१ रुपैयाँ ( ३२ %) तल छ।

त्यस्तै दोश्रोमा युनाइटेड इन्स्योरेन्सको बजार मूल्य ११०० परिसूचक पुगेको दिन ७६६ रुपैयाँ रहेकोमा हाल ५६० रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता २०६ रुपैयाँ ( २६%) तल छ ।

त्यस्तै जीवन बीमा कम्पनी मध्ये गुराँस लाइफको शेयर मूल्य ११०० परिसूचक पुगेको दिन ६८० रुपैयाँ रहेकोमा हाल ५४१  रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता १३९ रुपैयाँ ( २०%) तल छ ।

वाणिज्य बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको बजार मूल्य ११०० परिसूचक पुगेको दिन ५२५ रुपैयाँ रहेकोमा हाल ४३९ रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता ८६ रुपैयाँ ( १६%) तल छ ।

त्यस्तै जलविधुत क्षेत्रको लिडर मानिएको कम्पनी चिलिमेको बजार मूल्य ११०० परिसूचक पुगेको दिन ५०० रुपैयाँ रहेकोमा हाल ४४८ रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता ५२ रुपैयाँ ( १०%) तल छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS