काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गते, बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।