काठमाडौं । कुमारी बैंकको लाभांश पारित भएको छ । बैंककाने हिजो सम्पन्न २० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।