IME Life New

कोरोना बीमाले अर्थतन्त्र चलायमान बनायो: अध्यक्ष चिरञ्जीवी चापागाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमाकै कारण विश्वव्यापी महामारी फैलिइएको समयमा पनि देशको अर्थतन्त्र चलायनमान बन्न सफल भएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताएका छन् ।

शिखर इन्स्योरेन्सको आजदेखि सुरु गरेको नयाँ अटो बीमा सेवाको शुभारम्भ गर्न आयोजित कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले भने, ‘कोरोना भाइरसको महामारीले त्रसिद भएका यातायात मदजुर, बैंक वित्तीय संस्था कर्मचारी र सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारीहरुलाई कोरोना बीमाले सुरक्षा प्रत्याभूति गरेकै कारण बाहिर निस्कन सम्भव भएको हो ।’

Esewa
Crest

अध्यक्ष चापागाईले कोरोना बीमा सर्वसाधारणलाई सामाजिक उत्तरदायित्व अन्तर्गत बीमा सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएकोमा असोज कार्तिकमा अत्याधिक बीमा दावी परेको तथा सोही समयमा अधिकांश बीमा कम्पनीका कर्मचारीहरु नै कोभिडबाट संक्रमित भएकोले दावी भुक्तानीमा ढिलाई भएको स्वीकार गर्दै सबै बीमितलाई दावी भुक्तानी दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष चापागाईले कोरोना बीमामा राज्यलाई केही घाटा भएपनि सिंगो अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । अध्यक्ष चापागाईले मोटर बीमाले बहन नगर्ने जोखिम समेत अब समेटिएको बताउँदै शिखर अटो प्लस बीमा योजनाको सफलताको शुभकाना व्यक्त गरे ।

कार्यक्रममा शिखर इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नयाँ बीमा योजनाले आम सवारी धनीहरुको समस्याहरुको समाधान गर्ने बताउँदै शिखर इन्स्योरेन्स सधैं सेवाग्राही अधिकतम हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS