काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश पठाएको छ । बैंकको मंसिर १५ गते, सोमबार सम्पन्न भएको २६औं वार्षिक साधारण सभाले पारित गरेको २ दशमलव ९९९९ प्रतिशत नगद लाभांश पठाएको जनाएको छ ।
कात्तिक २७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा उक्त नगद लाभांश जम्मा गरिएको बैंकले जनाएको छ ।
बैंकले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्नका लागि आग्रह गरेको छ ।