काठमाडौं । सनराइज बैंकका ग्राहकले सस्तोडिलमा सामान किन्दा क्यास ब्याक पाउने भएका छन् । सस्तोडिलको ९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास ब्याक पाईने भएको जनाएको छ ।
योजना अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम २ हजार ५०० सय रुपैयाँसम्म क्यास व्याक पाउने बैंकले जनाएको छ ।
यस योजना २६ मंसिर देखि ३० मंसिरसम्म जारी रहने बैंकले बताएको छ ।