IME Life New

बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्समा बीमा समितिको स्थलगत निरिक्षण, चार वटा मुख्य समस्या भेटियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कोरोना बीमाको पुल व्यवस्थापनको काम गर्दै आएको शिखर इन्स्योरेन्समा स्थगलत अनुसन्धान गरेको छ । सो क्रममा बीमा समितिले चार वटा मुख्य समस्या पत्ता लगाएको आज जनाएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘बीमा कम्पनीहरुले आवश्यक कागजात बिना नै बीमा पुलमा फाइल पठाउने गरिएको जनाइएको छ । कार्यकारी निर्देशक पौडेलद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, बीमाखेल खरिद गरेका बीमितहरुले दावी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड २०७७ ले तोकेको सम्पूर्ण कागजातसहित सम्बन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने, र सम्बन्धित बीमा कम्पनीले सबै कागजात पूरा भए नभएको एकिन गरी कागजात पूरा भएका फाइलहरु भुक्तानीका लागि बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनीमा लिमिटेडमा पठाउनुपर्नेमा केही फाइलहरु कागजात पूरा नगरेको देखिएकोले बीमा समितिले सबै निर्जिवन बीमा कम्पनीहरुमा दावी भुक्तानीमा सबै कागजात हेरी रुजु गरेर मात्रै पठाउन निर्देशन गरिएको ।’

Esewa
Crest

त्यस्तै बिज्ञप्तिमा कोरोना बीमाको दावी भुक्तानीको क्रममा पिसिआर रिपोर्ट स्वास्थ्य सेवा विभाग मातहतको इसीडिसीमार्फत प्रमाणिकरण गर्नुपर्ने भएकोले समय लागेको उल्लेख छ । त्यस्तै, बीमा समितिको बक्तव्यमा दोहोरो दावी भुक्तानी रोक्न प्रमाणिकरण गर्नुपर्ने भएकोले समय लागेको उल्लेख छ ।

बीमा समितिको स्थलगत अध्ययनको क्रममा कोरोना बीमा गराउने बीमा कम्पनीहरुका कर्मचारीहरु नै कार्तिक र मंसिरमा सबैभन्दा धेरै कोरोना संक्रमित भई दैनिक कार्य सञ्चालनमा अप्ठेरो परेकोले कोरोना बीमाको दावी भुक्तानीमा समय लागेको तथ्य भेटिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS