काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको हिजो मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई कुल ११ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
फाइनान्सले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ४० प्रतिशत नगद (कर प्रयोजनका लागि) प्रस्ताव गरेको जनाएको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।