काठमाडौँ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पाचौँ वर्षमा प्रवेश गरेको छ । संस्थाले सोही अवसरमा विभिन्न कार्यक्रम गरी आफ्नो चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
यस अवसरमा संचालित विभिन्न कार्यक्रमहरूमध्ये ललितपुरको लगनखेलमा विगत देखि संचालित तातो भात अभियान अन्तर्गत एकदिनको लागि वृद्धवृद्धाहरूलाई भोजनको प्रबन्ध गरिएको थियो ।
वि.सं.२०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल १८ वटा जिल्लामा ३६ वटा शाखा कार्यालयहरू मार्फत ग्रामिण क्षेत्रका २५ हजार ९ सय ४७ सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरीरहेको छ ।