IME Life New

नेपाल बङ्गलादेश बैंकद्धारा सामुदायिक विकास समितिलाई ३ लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगर, स्थित सामुदायिक विकास समितिलाई ३ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

समितिले स्थापना काल देखिनै आफ्नो क्षेत्र भित्र बाटो, दल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ ।

Esewa
Crest

हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिने जनाएको छ ।

बैंकको कमलादी स्थित प्रमुख कार्यालयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख संचालन अधिकृत श्री सुरेश देवकोटाद्वारा समितिका सचिव हर्क बहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS