काठमाडौँ । नेपाल राष्ट्र बैंकले १७ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल पुस २१ गते परिपक्क हुनेछ । यसैगरी, बैंकले ९१ दिनको अवधिको लागि १२ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल फागुन २५ गते परिपक्क हुने बैंकले जनाएको छ ।
आज मंसिर २२ गते ३ बजे बोलकबोल भएर भोलि मंसिर २३ गते ट्रेजरी बिल बिक्री हुने बैंकले बताएको छ ।