IME Life New

एक अर्ब ९४ करोड रुपैयाँ मुनाफा वितरण गर्ने प्रस्ताव पारित गर्दै एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । बैंकले आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आह्वान गरेको साधारणसभा केहीबेर अघि सम्पन्न भएको सिईओ रोशन कुमार न्यौपानेले बताए ।

साधारणसभाबाट गत आर्थिक वर्ष २०७६।७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश बापत कूल एक अर्ब ९४ करोड ३५ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको जनाएको छ ।

Esewa
Crest

बैंकले बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ । आज सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६।७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

बैंकले यस पटकको साधारणसभा डिजिटल माध्यमको सहयोगमा सम्पन्न गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS