IME Life New

सिद्धार्थ बैंकद्धारा नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले शैक्षिक छात्रवृत्तिका लागि नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहिबार काठमाडौंको नक्सालस्थित नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट नायव प्रबन्धक भ्याली रिर्सोसेस अपर्णा गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुल प्रसाद राईलाई हस्तान्तरण गरेका हुन ।

Esewa
Crest

उक्त रकम नेपाल पर्वतारोहण संघले नेपाल पर्वतीय पर्यटन प्रवद्घनको कार्य क्षेत्रमा खटिदा आकस्मिक दुर्घटनामा परी निधन भएको आरोहीका बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्नका लागि उपयोग गर्नेछ ।

विगत ४७ वर्ष देखि नेपालको पर्वतीय पर्यटन क्षेत्र विकासको सहयोग गर्ने कार्य गर्दै आइरहेको उक्त संघलाई बैंकले पुयाएको सो रकम सहयोगबाट निधन भएका पर्वत आरोहीका २० जना बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान हुने र बालबालिकाहरुको शिक्षामा केहि हदसम्म भएपनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS