IME Life New

माछापुच्छ्रे बैंक र एसोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंक र एसोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्वारा संचालित उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एसोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपालको तर्फबाट अध्यक्ष बद्री प्रसाद दाहाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट संस्थागत तथा पूर्वाधार कर्जा लगानी प्रमुख, सुभाष जमरकट्टेलले हस्ताक्षर गरे ।

Esewa
Crest

सम्झौतापश्चात एसोसिएशन अफ प्रि–स्कुल एजुकेटर्स नेपालसँग आवद्ध सदस्य वा सदस्यहरुद्वारा संचालित उद्यमीहरुलाई माछापुच्छ्रे बैंकले न्यूनतम रु। १ लाख देखि अधिकतम रु। १५ लाखसम्मको सहुलियत कर्जा उपलब्ध गराउने छ ।

साना व्यवसायीहरुको मनोबल बृद्धि गरि स्वदेशमै आत्मनिर्भरता बढाउने तथा कोभिड १९ ले सिर्जित विषम परिस्थितीका कारण विगत लामो समयदेखि बन्द रहेका स्कुल तथा अन्य व्यवसायहरु विस्तारै खुल्दै जान थालेको अवस्थामा व्यवसायहरुलाई पुर्नजिवन प्रदान गर्न उद्देश्यले माछापुच्छ्रे बैंकले उक्त सम्झौता गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS