IME Life New

नेपाल भारत सीमा भन्सार कार्यालयमा प्रभु बैंकको काउण्टर थप समयका लागि सञ्चालन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरु भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्वरभन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका छन् ।

सो सम्बन्धी नविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौका तर्फबाट महानिर्देशक सुमन दहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बुधवार गतेका दिन हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS