काठमाडौँ । हिमालयन बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो (मंसिर १४ गते, आइतबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।