IME Life New

मेगा बैंकका ग्राहकहरुलाई झन सजिलो, डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट–पे’ सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ । उक्त सम्झौता पत्रमा  बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली  र  क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

मेगा बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरुले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाटै सजिलै गर्न सक्नेछन् ।
उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस अथवा एनीएचएल आइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सकिने मेगा बैंकले जनाएको छ ।

Esewa
Crest

‘कर्पोरेट–पे’ मा आबद्व हुनका लागि ग्राहकले मेगा बैंकमा सम्पर्क गरि ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवातको लागि स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपश्चात ग्राहकहरुले तोकिएको सीमा भित्र रही कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नताबिना गर्न सक्नेछन भने तोकिएको सीमा भन्दा बढी रकमको कारोबार गर्नको लागि बैंकले नियमानुसार थप प्रक्रिया पूरा गरेपश्चात गर्न मिल्ने व्यवस्था रहेको छ ।

यस प्रणालीमा पहुँच पाउन Multi-Layer Authentication को सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट तथा स्वीकृत ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै, ग्राहकले आवश्यक्ता अनुसार यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।

आफ्ना ग्राहकहरुका लागि विभिन्न डिजिटल भुक्तानी माध्यामहरु प्रदान गर्दै आएको मेगा बैंकले यस ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवातबाट बैंकका व्यवसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास लिएको छ । यस प्रणालीको प्रयोग र विस्तार पश्चात बैंकको शाखा कार्यालयमा उपस्थित नभई विभिन्न भुक्तानीको कारोबारहरु अनलाईन मार्फतनै गर्न सकिने हुँदा व्यवसायिक ग्राहकहरुलाई अझ बढी सहज हुने बैंकले जनाएको छ ।

‘कर्पोरेट–पे’ प्रणालीको सम्बन्धमा थप जानकारीको लागि बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न मेगा बैंकले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS