IME Life New

जनरल इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण सार्वजनिक, खुद बीमा शुल्क र मुनाफा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण  अनुसार कम्पनीले खुद बीमा शुल्क आर्जन तथा मुनाफामा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको समीक्षा अवधीमा जम्मा ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमा शुल्क आम्दानी बृद्धि गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष सात करोड पाँच लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै कम्पनीको कूल बीमा शुल्क समेतमा बृद्धि भएको छ । गत आवमा १४ करोड १० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेकोमा यस आवको पहिलो तीन महिनामा १९ करोड पाँच लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

कूल ७० करोड चुक्ता पुँजि रहेकोमा यसै त्रैमासमा कम्पनीले ३० करोड रुपैयाँ चुक्ता पुँजि थप गरी एक अर्ब चुक्ता पुँजि बनाउन सफल भएको छ । कम्पनीले आईपिओ जारी गरेर चुक्ता पुँजि पुराएको हो । चालु आवको तीन महिनामा कम्पनीको प्रतिशेयर आम्दानी ९.५१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११२.६६ रुपैयाँ, पिई अनुपात ३८.६८, प्रतिशेयर कूल सम्पत्तिको मूल्य १५४.४० रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS