IME Life New

माछापुच्छ्रे बैंकको २२ औंं वार्षिक साधारणसभा पौष २ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले २२औंं वार्षिक साधारण सभा आह्वान गरेको छ । यसअघि कार्तिक ६ गते, होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा गरिने भनिएको सभा कोरोना संक्रमण र चाडपर्वको कारण शेयरधनीहरूलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो ।

बैंकको मंसिर १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २२औंं वार्षिक साधारण सभा पौष २ गते, बिहीबारहोटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।

Esewa
Crest

यसैगरी, सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७ दशमलव ०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३ दशमलव ७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते बुकक्लोज गरेको थियो । त्यसैले, असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS