काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा गरिएको छ । संस्थाको हिजो (मंसिर १३ गते, शनिबार) बसेको सञ्चालक समितिको बैठकले कुल १३ दशमलव ९७१५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३ दशमलव २७३ प्रतिशत बोनस शेयर र ० दशमलव ६९८५७८९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १३ दशमलव ९७१५७८९ प्रतिशत लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।