IME Life New

मेगा बैंकले शुरु गर्यो सम्पर्क रहित भुक्तानी सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा बैंकले नेपाल लिमिटेडले सम्पर्क रहित भुक्तानी सेवा शुरू गरेको छ। विकसित प्रविधिहरुलाई आत्मसाथ गर्दै ग्राहकलाई नवीनतम सेवा सुविधा दिने क्रममा यस्तो सेवा सुरु गरेको बैंकले जनाएको छ।

नियर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित सम्पर्क रहित भुक्तानी भनेको ट्याप गरि भुक्तानी गर्ने प्रणाली हो। अर्थात कार्डहरु कहीं कतै सम्मिलित नगरी बीना कुनै सम्पर्क वा कहीं कतै प्रविष्ट वा नघोटि पीओएस मेसिन वा कार्ड रिडरमा (ट्याप) गरेर भुक्तानी गर्ने सेवा हो।

Esewa
Crest

यस सेवा मार्फत ग्राहकले बीना कुनै सम्पर्क वा कहिँ कतै सम्मिलित नगरी कार्ड रिडर मा कार्ड ट्याप गरेर भुक्तानी गर्न सक्नेछन् भने ट्रेन वा बसको टिकटको भुक्तानी गर्नलाई पनि यसको प्रयोग गर्न सक्नेछन्।

ुईएमभी चिपकार्डका लागि मेगा बैंकको थ्रीडी सिक्योर सर्भिसले पहिले नै महत्त्वपूर्ण भूमिका खेलिसकेकोले ट्याप एण्ड पे सुविधाले भुक्तानी सेवालाई थप सुरक्षा प्रदान गर्ने बैंकले बताएको छ ।

सामान्यतया यस प्रकारको कार्ड बस तथा ट्रेनको टिकटको भुक्तानी गर्न तथा अन्य ठाउँहरुमा कार्ड प्रविष्ट नगरी वा कार्ड नघोटी भुक्तानी गर्नलाई यसको प्रयोग गर्ने गरिन्छ। केन्द्रीय बैंक नियम अनुसार, सम्पर्क रहित भुक्तानी प्रविधि अर्थात कार्ड नघोटी २००० रुपैयाँ सम्मको भुक्तानी गर्न सकिने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS