काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।
बैंकले हालसम्म आफ्नो शेयर अभौतिकीकरण गरी नसकेका सम्पूर्ण शेयरधनीहरूलाई आफ्नो नाममा रहेको सम्पूर्ण भौतिक शेयर प्रमाणपत्रहरू आफुले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्य मार्फत अभौतिकीकरण गर्न आग्रह गरेको छ ।
बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।