काठमाडौं । अब बैंक अफ काठमाण्डूको सबै शाखा कार्यालयहरु मार्फत कर्मचारी सञ्चय कोषका ग्राहकहरुले कर्जा तथा सापटीको साँवा तथा ब्याज भुक्तानी गर्न सकिने भएको छ ।
सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरुले साँवा तथा ब्याज सहितको किस्ता रकम भुक्तानी गर्न कर्मचारी सञ्चय कोषमा नगई बैंकको जुनसुकै शाखा कार्यालयबाट भुक्तानी गर्न सकिन भएको हो । ।