काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले भोलि मंसिर १० गतेबाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले सर्बसाधारण समुहको ४ लाख ६६ हजार ८९ कित्ता र संस्थापक समुहको १३ लाख ८५ हजार २ सय ६८ कित्ता गरि कुल १८ लाख ५१ हजार ३ सय ५७ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
कम्पनीले यी शेयर मङ्सिर १० गतेदेखि १७ गतेसम्म लिलाम गर्ने जनाएको छ । शेयर लिलाम प्रक्रियाको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धकमा रहेको छ ।
कम्पनीले असोज १६ गतेदेखि कार्तिक ६ गतेसम्म १ः२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रहेको छ ।