काठमाडौं । एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले भोलि मंसिर १० गते बुक क्लोज गरेसँगै आज मंगलवारसम्म शेयर कायम गर्नुपर्नेछ । कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको कार्तिक २६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २३औं वार्षिक साधारण सभा मंसिर २१ गते, आइतबार बैंकको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुने जनाएको छ ।