काठमान्डौ। नेपाली दोश्रो बजार केही समय यता बुलिस प्रवित्तिमा देखिएको छ। कारोवार रकमले दिन प्रतिदिन रेकर्ड तोड्दै ६ अर्ब माथि पनि कारोवार भएको छ। नेप्से परिसूचक अहिले १७८० को विन्दुको रहेकोमा २७ जुलाई २०१६ मा बनेको १८८१ को रेकर्ड तोड्न बजारले निकै ठूलो प्रयास गर्दै छ । २७ जुलाई २०१६मा नेप्से परिसूचक १८८१ दशमलव ४५ को विन्दुमा बन्द भए पनि १८८८ दशमलव ३६ को उच्च विन्दु सम्म पुगेको थियो । यो विन्दु बजारको मुख्य प्रतिरोधको रुपमा रहेको छ । १८८८ दशमलव ३६को उच्च विन्दु पश्चात भने बजार घट्ने सुरु भएको थियो ।
घटिरहेको बजारले फेरी माथिल्लो दिशा समातेकोमा ६ सेप्टेम्बर २०१६मा पुन १८५४ दशमलव ६९ को उच्च विन्दु समात्दै पुन बजारले घट्न सुरु भएको थियो र त्यस्पस्चात घटिरहेको बजारले फेरी माथिल्लो दिशा समात्दै १८२२ दशमलव ४१ को उच्च विन्दु समात्दै बजारले बियरिस ट्रेण्ड समातेको थियो ।
अहिले केही दिन देखि बढिरहेको बजारमा २२ नभेम्बर २०२० मा १८११ दशमलव ६३ को उच्च विन्दु समात्दै बजार घटेको थियो।