IME Life New

प्रोग्रेसिभ फाईनान्सको २१ लाख २० हजार कित्ता सेयर ललामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रोग्रेसिभ फाईनान्सले मंसिर १० गते देखि २१ लाख २० हजार ६०४ कित्ता सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्नेछ । प्रोग्रेसिभको आइतबार नेप्सेमा प्रतिकित्ता १०१ रुपैयाँ अन्तिम कारोबार भएको थियो । लगानीकर्ताले लिलामी भर्दा दोस्रो बजारमा चलेको भाउ पनि ख्याल गर्नुपर्छ । यसैलाई आधार बनाएर लिलामी भर्नुपर्ने हुन्छ ।

Esewa
Crest

बिक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल रहेको छ । आवेदकले सनराइज क्यापिटल कमलपोखरी काठमाडौं तथा प्रोग्रेसिभ फाइनान्सको पाको न्यूरोड काठमाडौं, उग्रतारा जनागल (पुलबजार) र बनेपा काभ्रे शाखाबाट आवेदन दिन सकिनेछ । यसैगरी, सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।

प्रोग्रेसिभले यसअघि भदौ ५ देखि असोज २३ गतेसम्म ५९ लाख १ हजार कित्ता (२८१%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला बिक्न बाँकी रहेको हकप्रद सेयर अहिले लिलामी प्रणालीबाट बेच्न लागेको हो ।

हाल प्रोग्रेसिभको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS