काठमाडौं । महुली लघुवित्त र नव किरण लघुवित्तको एकिकृत कारोबार मङ्सिर ८ गतेबाट सुरु हुने भएको छ । नवकिरण र महुली लघुवित्त एक आपसमा गाभिएपछि महुली लघुवित्तको नामबाट एकिकृत कारोबार शुरु हुन लागेको छ ।
१००ः९५ को स्वापमा यी दुई संस्था मर्ज भएका हुन् । नाम, लोगो, स्लोगन र केन्द्रीय कार्यालय महुली लघुवित्त कै रहने गरि यी दुई संस्था मर्ज भएका हुन् । नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिने जनाएको छ ।