IME Life New

शिवम् सिमेन्टले आगोलागीको बीमा दावी नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिजो सामान्य आगोलागी भएको हेटौडाको हटियास्थित शिवम् सिमेन्टले आगोलागी घटनाको बीमा दावी नगर्ने भएकोछ । शिवम् सिमेन्टका सञ्चालक रघुनन्दन मारुले आगोलागीबाट सामान्य मात्रै क्षति भएकोले बीमा दावी नगर्ने जानकारी दिए ।

बीमाको नियम अनुसार शिखर इन्स्योरेन्स कम्पनीलाई जानकारी गराइएको भएपनि घट्नाको बीमा दावी गर्नेसम्मको क्षति नभएको जनाएको छ ।

Esewa
Crest

उता, स्थानीय प्रत्यक्षदर्शीले जनाए अनुसार दुई लाख रुपैयाँ भन्दा कम पर्ने सामानमा सामान्य क्षति भएको छ । सिमेन्ट उद्योगको कन्भेयरको वेल्डिङ गर्ने क्रममा सामान्य आगोलागी भएको र थप आगो फैलिन नदिन दमकल लगायतका सुरक्षाका साधनहरु बोलाइएको उद्योगले जनाएको छ ।

उता, शिखर इन्स्योरेन्सको हेटौडास्थित शाखा कार्यालयले भने उद्योगमा आगोलागी भएको सूचना पाएसँगै केन्द्रीय कार्यालयमा समन्वय गरी सर्भेयर खटाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS