IME Life New

कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कृषि विकास बैंकले खुल्ला प्रतिस्पर्धा मार्फत नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने भएको छ । बैंकले मंसिर २३ गते सम्म आवेदन दिन आहवान गरेको छ ।

व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यापार, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ। चार्टर्ड एकाउन्टेन्ट गरेकाको हकमा निम्न विषयमा कम्तिमा स्नातक गरि बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संघठित संस्था, विश्व विद्यालय तथा त्यस्तो निकायमा अधिकृत वा त्यसभन्दा माथिल्लो तहमा रहेर कम्तिमा पनि १० वर्ष काम गरेको अनुभव हुनु पर्नेछ ।

Esewa
Crest

आवेदकले निवेदन दिदाँ कुनै राजनीतिक दलको सदस्य नरहेको, आफ्नो नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको, भ्रष्टचार, सम्पत्ति शुद्दिकरण वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालत बाट कसुरदार ठहर नभएको जस्ता कागजातहरु समेत संकलन गरि पेश गर्नु पर्नेछ ।

इच्छुक उम्मेदावारले दरखास्तका साथमा ५ हजार शव्दमा नबढ्ने गरि तार गरिएको ४ प्रति व्यवसायिक कार्ययोजना पेश गर्नु पर्नेछ ।

उम्मेदवारले पेश गरेको कार्ययोजना हेरेर कम्तिमा ५ जनालाई छनौट गरि कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वाताको लागि छनौदट गर्नेछ । प्रमुख कार्यकारी अधिकृतको मासिक तलव औषतमा दुई लाख ५० हजार रुपैयाँ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS