Connect IPS
IME Life

प्रथम त्रैमासको आधारमा नेपाल लाईफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ : नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र तीन ठूला जीवन बीमा कम्पनीमा पर्दछन । तीन कम्पनीहरुले आर्थिक वर्ष ७७/७८ को प्रथम त्रैमासको (३ महिनाको) वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । तीन पुराना र स्थापित जीवन बीमा कम्पनीको व्यापार हेर्दा नेपाल लाईफ इन्स्योरेन्स अघि देखिएको छ । नेपाल लाईफ इन्स्योरेन्स, नेशनल लाईफ इन्स्योरेन्स र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीलाई इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड छ भने नेशनल लाईफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ८ करोड रहेको छ त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता २ अर्ब १ करोड रहेको छ ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
जगेडा कोषमा नेपाल लाईफ नै अघि छ । नेपाल लाईफको जगेडा कोषमा ३ अर्ब ६६ करोड संचित छ भने नेशनल लाइफको जगेडा कोषमा १ अर्ब १४ करोड रुपैयाँ संचित छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जगेडा कोषमा ५७ करोड ६२ लाख रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा नेपाल लाईफ अघि छ । नेपाल लाईफको जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको जीवन बीमा कोषमा ७० अर्ब ७४ करोड छ त्यस्तै नेशनल लाईफको जीवन बीमा कोषमा ३५ अर्ब ९४ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
३ महिनाको अवधिमा नेपाल लाईफले ८ अर्ब ९९ करोड कुल बीमा शुल्क आर्जन गरको छ लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ५ अर्ब ५ करोड कुल बीमा शुल्क आर्जन गरको छ र नेशनल लाईफ इन्स्योरेन्सले २ अर्ब ८४ करोड कुल बीमा शुल्क आर्जन गरको छ ।

खुद नाफाको आधारमा :
खुद नाफाको आधारमा नेपाल लाईफ अघि छ । यो ३ महिनाको अवधिमा नेपाल लाईफले २२ करोड ९० लाख खुद नाफा गरेको छ भने नेशनल लाईफ इन्स्योरेन्सले ११ करोड ८४ लाख खुद नाफा गरेको छ । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ५ करोड ७९ लाख खुद नाफा गरेको छ ।

 

नेपाल लाईफको प्रति शेयर आम्दानी १६ रुपैयाँ ६७ पैसा, नेशनल लाईफको प्रति शेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको प्रति शेयर आम्दानी ११ रुपैयाँ ५३ पैसा छ । प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ । यद्यपि, जीवन बिमा कम्पनीको हकमा एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।
प्रति शेयर आम्दानी गणना गर्दा मुनाफालाई शेयर संख्याले भाग गरेर वार्शिकरण गरिएको हो।

किताबी मूल्यको आधारमा :
नेपाल लाईफ इन्स्योरेन्सको किताबी मूल्य १७७ रुपैयाँ ७९ पैसा छ भने लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको किताबी मूल्य १२८ रुपैयाँ ६७ पैसा छ भने नेशनल लाईफको किताबी मूल्य १४६ रुपैयाँ ५० पैसा छ ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS