IME Life New

प्रिमियर इन्स्योरेन्सको मुनाफा ३६% प्रतिशतले बढ्यो, अधिकांश सूचांकहरु सकारात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनले कोरोना महामारीकै समयमा निर्जिवन बीमा व्यवसायको दायरा थप विस्तार गर्न सफल भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा मुनाफा ३६ प्रतिशतभन्दा बढिले बृद्धि गर्न सफल भएको छ भने बीमा शुल्क आर्जन समेत १७ प्रतिशतभन्दा बढिले बृद्धि गर्न सफल भएको छ ।

गत शनिबार प्रकाशित कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले सात करोड ९० लाख २९ हजार रुपैयाँ तीन महिनामा मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले पहिलो त्रैमासमा जम्मा पाँच करोड ७८ लाख ३८ हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गर्न सफल भएको थियो । एक अर्ब सात करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीले बीमा कोषमा ७१ करोड १९ लाख, जगेडा कोषमा ३६ करोड रुपैयाँ र महाविपत्ति कोषमा छ करोड ७० लाख रुपैयाँ संचिती गरेको छ । समग्रमा कोरोनाकै महामारीमा कम्पनी थप बलियो हुन पुगेको छ ।

Esewa
Crest

चालु आवको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन बृद्धि भएको छ । कम्पनीले समीक्षा अवधीमा २४ करोड ६२ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष जम्मा २१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा कोरोना महामारीका कारण घोषणा गरिएको निषेधाज्ञाका बीच कम्पनीले साढे तीन करोड रुपैयाँ भन्दा बढि खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

समीक्षा अवधीमा कम्पनीले आठ करोड ७९ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीको दावी भुक्तानी १३ करोड रुपैयाँ रहेकोमा यस वर्ष दावी भुक्तानी समेत उल्लेख्य मात्रामा घटेको हो । समीक्षा अवधीमा कम्पनीले ४५ करोड ६३ लाख ८४ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरी निर्जिवन बीमाको व्यवसायको पहुँच थप बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले जम्मा ४३ करोड आठ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको थियो ।

समीक्षा अवधीमा कम्पनीले ४१ हजार ४४५ वटा बीमालेखमार्फत सो बीमा काराबोर गरेको हो । कम्पनीले २६ करोड ३१ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी २९.४२, मूल्य आम्दानी अनुपात २५.७६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २०६.०३ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्ति मूल्य ३२८.०४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS