IME Life New

शिखर इन्स्योरेन्समा सिईओ नियुक्त प्रकरणमा बीमा समिति विरुद्ध सर्वोच्चमा रिट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतमा दीप प्रकाश पाण्डेको नियुक्ति गर्न बीमा समितिले अनुमति दिएको तथा नियम विपरित सो कम्पनीको सञ्चालक समितिले सिईओ नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता माधब गौतमले बीमा समिति, शिखर इन्स्योरेन्स कम्पनीलाई विपक्षी बनाएर दायर गरेको रिटमा बीमा समितिले जारी गरेको संस्थागत सुशासन विरुद्ध गरिएको नियुक्ती बदर गर्न तथा गलत तरिकाले नियुक्तीको लागि आएको प्रस्ताव स्वीकृत गर्ने बीमा समितिमाथि कारवाही गर्न माग गरिएको छ ।

Esewa
Crest

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेलाई बीमा समितिले गत असोजमा पुनः सिईओ नियुक्तीका लागि अनुमति दिएको थियो । बीमा समितिले संस्थागत सुशासन निर्देशिका २०७५ बमोजिम योग्य भएकोले पुनः नियुक्तीको लागि अनुमति दिएको जनाउँदै आएको छ । रिट निवेदनमा भने दुई पटक भन्दा बढि कार्यकाल सिईओ भइसकेकोले पुनः नियुक्त दिने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको निर्णय त्रुटीपूर्ण रहेको भन्दै खारेज गर्न माग दावी गरिएको छ । सर्वोच्च अदालतमा आगामी मंसिर ४ गतेको लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS