IME Life New

गणपति माइक्रोफाइनान्सको नाफा घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ।  यस अवधिसम्ममा संस्थाले ११ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४३ लाख ३२ हजार रुपैयाँले कम हो। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ माइक्रोफाइनान्सको जगेडा कोषमा ३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ६.८० प्रतिशत घटेर एक करोड ८३ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ।

Esewa
Crest

त्यस्तै, माइक्रोफाइनान्सको सञ्चालन मुनाफा पनि एक करोड ५९ लाख ७६ हजार रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको यहि अवधिमा माइक्रोफाइन्सको सञ्चालन मुनाफा ६७ लाख ८९ हजार रुपैयाँ धनात्मक थियो।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको असोजसम्ममा ३४ करोड ९७ लाख रुपैयाँ निक्षेप र एक अर्ब २ करोड ७४ लाख रुपैयाँ सापटी लिएर कूल १ अर्ब ४५ करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

संस्थाको प्रतिशेयर आम्दानी वार्षिक ४ रुपैयाँ ९ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात १९८.५३ प्रतिशत छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS