काठमाडौं । आरएमडिसी लघुवित्तले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । संस्थाले ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ९ सय ५३ रूपैयाँ ३६ पैसामा बिक्री गर्ने भएको जनाएको छ ।
लिलामीको शेयरमा पहिलो प्राथमिकता हाल रहेका संस्थापक शेयरधनीलाई र त्यसपछि मात्र अन्य व्यक्ति, संस्थालाई दिइने संस्थाले जानकारी दिएको छ । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ ।
उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरूले मंसिर ४ गतेदेखि पुष ८ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्ने संस्थाले बताएको छ ।