काठमाडौं । ग्लोबल आइएमई बैंकले टिच फर नेपालको फेलोसिप कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाएको छ ।
बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा बैंक सदा अग्रसर रहेको जानकारी बताए ।
टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा बैंकलाई धन्यवाद दिए ।