IME Life New

बीमा समितिद्वारा कोरोना बीमा दावी भुक्तानीको लागि हटलाईन सेवा सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी सहज र सरल बनाउन हटलाईन सेवा सञ्चालन गरेको छ । बीमा समितिकी निर्देशक पुजन ढुंगेल अधिकारीको नेतृत्वमा तीन अधिकारीहरुलाई कोभिड–१९ बीमा पोलिसीका समस्याहरुबारे गुनासो सुन्न हटलाईन सेन्टरको व्यवस्था गरिएको बीमा समितिले जनाएको छ ।

समितिका अनुसार कोरोना बीमा गरेर बीमा दावी भुक्तानी लिन नपाएका बीमितहरुले जुनसुकै समस्या परेको अवस्थामा बीमा समितिका निर्देशक पुजन ढुंगेल अधिकारी, उप निर्देशक निर्मल अधिकारी, सहायक निर्देशक केदारनाथ भट्ट तथा टोल फ्रि नम्वरमा सम्पर्क गर्न सकिने छ ।

Esewa
Crest

बीमा समितिले कोरनो बीमाको दावी भुक्तानीलाई प्रभावकारी बनाउन हटलाईन तथा गुनासो सुन्ने व्यवस्था गरेको हो । दुई अर्ब भन्दा बढि कोरोना बीमाको दावी भुक्तानी बक्यौता छ । सरकारले समेत आफ्ना छ लाख कर्मचारीको कोरोना बीमा गरेर बीमा कम्पनीलाई तिर्नुपर्ने ३० करोड रुपैयाँ भन्दा बढि बीमा शुल्क भुक्तानी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS