IME Life New

कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य बृद्धि, अधिकांश सूचक उत्साहजनक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

२ अर्ब ५४ करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५० करोड ३० लाख रुपैयाँ संचिती रहेको छ भने रिटेन्ड अर्निङ्गमा ७ करोड १४ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको जगेडा कोष्मा ७२ करोड ५० लाख रुपैयाँ थियो भने रिटेन्ड अर्निङ्ग २० करोड ४७ लाख रुपैयाँ ऋणात्मक थियो।

Esewa
Crest

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ करोड १५ लाख रुपैयाँबाट बढेर ३८ करोड १५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २ करोड ६२ लाख रुपैयाँबाट बढेर ८ करोड ४९ लाख रुपैयाँ पुगेको छ। बैंकले असोज मसान्तसम्ममा २० करोड ९ लाख ६३ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको वितरण योग्य मुनाफा ७ करोड ४३ लाख रुपैयाँ रहेको छ।

असोज मसान्तसम्ममा बैंकले ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५१ पैसा पुगेको छ।  गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ रुपैयाँ ९४ पैसा रहेको  थियो। बैंकको प्रतिशेयर नेटवर्थ १ सय २२ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात ७.०८ गुणा कायम भएको छ। बैंकको निष्क्रिय कर्जा १.६१ प्रतिशतबाट बढेर २.६४ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS