IME Life New

११ जिल्लाका हजारौं किसानलाई पशु तथा बाली बीमामा १००% अनुदान दिन सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गण्डकी प्रदेश सरकारले सो प्रदेश भित्रका ११ जिल्लाका हजारौं किसानलाई शुल्क नतिरी कृषि बीमा सुविधा पाउने व्यवस्था लागू गरेको छ ।

गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार किसानले व्यहोर्नुपर्ने २५ प्रतिशत कृषि तथा बाली बीमा शुल्क प्रदेश सरकारले व्यहोर्ने भएकोले किसानले शुल्क नबुझाई पशु तथा बाली बीमा सुविधा पाउने जनाएको छ । गण्डकी प्रदेश मातहतका ११ जिल्लामा पशु तथा बाली बीमामा शत प्रतिशत अनुदान पाउने व्यवस्था गरेसँगै अब सो क्षेत्रमा नेपालको कृषि औद्योगिकरणको नेतृत्व लिनसक्ने अनुमान गरिएको छ ।

Esewa
Crest

पशु तथा बाली बीमा शुल्कमा संघीय सरकारले विगत छ वर्षदेखि ७५ प्रतिशत अनुदान दिँदै आएको छ । अबदेखि गण्डकी प्रदेश सरकारले आफ्ना ११ जिल्लाभित्र पशु तथा बाली बीमाको किसानले व्यहोर्नुपर्ने २५ प्रतिशत शुल्क व्यहोर्ने भएको पशु सेवाविज्ञ केन्द्र्र म्याग्दीका प्रमुख नारायण कुसुमले बताए । केन्द्रले पशु तथा बीमा बीमा गरेका किसानलाई बीमा शुल्क बापत बुझाएको २५ प्रतिशत रकम फिर्ता लिन आवश्यक कागजात सहित बुझाउन सार्वजनिक रुपमा आह्वान गरेका छन् । गण्डकी प्रदेश सरकारले गत साउन १ गतेयता पशु बीमा तथा बाली बीमा गरेका किसानहरुलाई बीमा शुल्क बापतको रकम फिर्ता दिन लागेको हो ।

उक्त सुविधा गण्डकी प्रदेश मातहतका जिल्लाहरुले मात्रै पाउनेछन् । गण्डकी प्रदेशभित्र कास्की, लमजुङ, तनहु, मनाङ, मुस्ताङ, पर्वत, बाग्लुङ, नवलपरासी (पूर्व) का किसानहरुले यस्तो सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS