IME Life New

इन्फिनिटी लघुवित्तको यस्तो देखियो प्रथम त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले २ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ लाख ९८ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ६१ लाख रुपैयाँ कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँबाट बढेर २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको जगेडा कोषको आकार ८ करोड ६४ लाख रुपैयाँबाट बढेर १२ करोड २४ लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको खुद ब्याज आम्दानी ३ करोड ९२ लाख रुपैयाँबाट घटेर ३ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २ करोड ५५ लाख रुपैयाँबाट घटेर २ करोड ३ लाख रुपैयाँमा झरेको छ। यस अवधिसम्ममा लघुवित्तले १ करोड ४२ लाख ८९ हजार रुपैयाँ खराब कर्जा संकलन गरेको छ।

लघुवित्तले असोज मसान्तसम्ममा ७२ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १६ करोड ६ लाख रुपैयाँ सापटीबाट २ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ५५ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी ८० करोड ६१ लाख रुपैयाँ सापटीबाट कुल १ अर्ब ६० करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

असोज मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात २०.७० गुणा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS