काठमाडौं । महेन्द्र राजमार्ग अन्तर्गतको मकवानपुरको मनहरी नजिकैको सडकमा गुडिरहेको एक यात्रुबाहक बस आगोलागीबाट जलेर खरानी भएको छ ।
आज विहान स्थानीय मनहरी गाउँपालिका वडा नम्बर ७ रमन्टारमा महेन्द्र राजमार्गमा गुडिरहेको बा २ ख २५५६ नम्बरको यात्रुबाहक जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
जापानिज कम्पनी टोयाटा कम्पनीद्वारा निर्मित हाईस बसमा जडान गरिएको ब्याट्री सर्ट भई आगलागी भएको मनहरी प्रहरीले जनाएको छ । मनहरी ज्यामिरेबाट नारायणगढतर्फ जाँदै गरेको उक्त गाडीमा आगजनी हुँदा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
घट्नाको लाखौं रुपैयाँ बीमा दावी पर्ने अनुमान गरिएको छ । सार्वजनिक सवारी साधनको रुपमा प्रयोग गरिएको सवारी साधनको बीमा अनिवार्य गरिएको हुँदा बीमा दावी पर्ने अनुमान गरिएको हो । निर्जिवन बीमा अन्तर्गत सवारी बीमा पोलिसी अनुसार फूल इन्स्योरेन्स गरेको अवस्था मात्रै सवारी धनीले बीमा दावी गर्न पाउनेछन् ।