IME Life New

नेशनल इन्स्योरेन्सद्वारा कोरोना बीमाको दावी लिन अस्वीकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल इन्स्योरेन्सले कोरोना बीमितलाई विभिन्न बाहाना पार्दै कोरोना बीमाको बीमा दावी लिन अस्वीकार गरेको छ । कम्पनीको हेटौडास्थित शाखा कार्यालयले बीमा दावी गर्ने म्याद सकिएको भन्दै दावी लिन अस्वीकार गरेको हो ।

हेटौडा उपमहानगरपालिका वडा नं ७ निवासी गौतम थरका एक स्थानीयबासीले बीमा पोलिसी नं ९५०५११।२०।२१।३२।११०००१०८ मा परिवारका ६ सदस्यको कोरोना बीमा गराएको थिए । सो मध्ये चार जनामा कोरोना पोजेटिभ भई कोरोना बीमा दावी भुक्तानीको लागि कम्पनीमा जाँदा दावी लिन अस्वीकार गरेको पीडितले जनाएका छन् । परिवारका चारै जना सदस्यहरु कोरोना पोजेटिभ हुने वित्तिकै बीमा कम्पनीमा खवर गरेर होम आईसोलशनमा बसेका उनीहरु कोरोना पोजेटिभ निको भई स्थानीय तहको सिफारिस लगायतका सम्पूर्ण काजगात बनाएर बीमा दावी गर्न जाँदा म्याद नाघेको भन्दै दावी लिन अस्वीकार गरेको बताए ।

Esewa
Crest

उता, कम्पनीको हेटौडास्थित शाखा कार्यालयका प्रमुख बिमल बास्कोटोले कोरोना बीमा पोलिसी अनुसार ७ दिनको म्यान नाघेपछि दावी बुझ्न अस्वीकार गरिएको जानकारी दिए । उनले बीमितलाई स्थानीय निकायमा गई पुनः ढिला हुनुको कारण सहितको पत्र लिएर आउन भनिएको र कारणसहितको पत्र लिएर आएमा दावी सम्बन्धी फाईल लिइने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS