IME Life New

घाँटीको क्यान्सर भएपछि बीमित राईले नेपाल लाईफबाट पाए पाँच लाख रुपैयाँ दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाईफको घातक रोग बीमाद्वारा रक्षावरण सुविधा लिएका तारामान राईले कोटेश्वरस्थित शाखा कार्यालयबाट पाँच लाख रुपैयाँ दावी भुक्तानी लिएका छन् । राईलाई कोटेश्वर शाखा कार्यालयका प्रमुख ज्ञानेन्द्रमान तुलाधरले गत शुक्रबार चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

२०७५ साल चैत्र २७ गते राईले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबाट पाँच लाख रुपैयाँको जीवन बीमा गर्दा घातक रोगको समेत रक्षावरण हुने सुविधा लिएकोमा क्यान्सर रोग पुष्टि भएपछि बीमा दावी भुक्तानी बापत रकम पाएका हुन् ।

Esewa
Crest

वार्षिक २ किस्ता मात्रै तिरेपछि बीमित राईलाई घाँटीमा क्यान्सर प्रमाणित भयो । घातक रोगको रक्षावरण गरिएकोले घाँटीको क्यान्सर भएको पूर्ण रुपमा प्रमाणित भई उपचार गराउनको लागि घातक रोग बीमा गरे वापतको सो रकम हस्तान्तरण गरिएको नेपाल लाईफ इन्स्योरेन्सले कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS