IME Life New

हिमाल आरोही र गाईडको ३० लाखको बीमा अनिवार्य, आरोहण अनुमति लिनुअघि नै बीमा गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पर्वतारोहण संघले हिमाल आरोही तथा गाईडहरुलाई हिमाल आरोहणको अनुमतिको लागि आवेदन दिँदा ३० लाख रुपैयाँको बीमा गरिएको पोलिसी बुझाउन सूचना जारी गरेको छ ।

संघका महासचिव कूल बहादुर गुरुङले आज एक सूचना जारी गर्दै हिमाल आरोहरणमा जाने आरोही तथा क्लार्ईम्बिङ गाईडका लागि १५ लाख रुपैयाँको दुर्घटना बीमा अनिवार्य गरिकोले हिमाल आरोहरणको अनुमति लिन आउँदा सो बीमा गराई बीमा पोलिसी साथ आउन भनिएको छ ।

Esewa
Crest

त्यसैगरी, संघले चार लाख रुपैयाँ बराबरको औषधी उपचार तथा १० हजार डलर बराबरको हेलिकोप्टर बीमा गराई सम्बन्धित हेलिकोप्टर कम्पनीमा गई बीमा अनुसारको प्रतिबद्धता पत्र समेत लिई आउन भनेको छ ।

संघको सूचना बमोजिम अबदेखि हिमाल आरोहणमा जाने जोसुकैले अनुमति लिन जाँदा करिब ३० लाख रुपैयाँ बराबरको बीमा गराएर मात्रै जान पाउने भएका छन् ।

स्मरणरहोस्, नेपालमा हिमाल आरोहण सम्बन्धी अनुमति संघमार्फत जारी हुने गर्दछ । संघले निश्चित रकम रोयल्टी लिएर हिमाल आरोहणको अनुमति दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS