IME Life New

आरम्भ चौतारी लघुवित्तको नाफामा सामान्य बृद्धि, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा संस्थाले १ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड २७ लाख ९७ हजार रुपैयाँ रहेको छ।

Esewa
Crest

खुद ब्याज आम्दानी :

समीक्षा अवधिमा लघुवित्तले ५ करोड ६३ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ करोड ४ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको खुद ब्याज आम्दानी ५७ प्रतिशत बढी हो ।

सञ्चालन मुनाफा :

गत आवको पहिलो त्रैमाससम्ममा १ करोड ९४ लाख ४२ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको यस लघुवित्तले चालु आवको सोही अवधिसम्ममा २ करोड ३ लाख ९१ हजार रुपैयाँ मात्र यस्तो नाफा कमाउन सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा संस्थाको सञ्चालन मुनाफा ५ प्रतिशतले बढी हो ।

कर्जा र निक्षेप :

लघुवित्तले ९७ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने  १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ सापटीबाट २ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत आवको सोही अवधिसम्ममा लघुवित्तले ५३ करोड १० लाख रुपैयाँ निक्षेप र ९४ करोड ८ लाख रुपैयाँ सापटीबाट १ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

सूचक :

वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ४२ पैसा कायम भएको छ। मूल्य आम्दानी अनुपात ३७.४५ गुणा कायम भएको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.६० प्रतिशतबाट बढेर १.९१ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS