काठमाडौं । आजबाट सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो ।
हिजो कम्पनीको १ करोड कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको न्यूनतम १ सय ३ दशमलव ७३ देखि अधिकतम ३ सय ११ दशमलव १९ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ ।